लेखक :- क्षितिज पौडेल |
अलि नजिक हुने बित्तिकै साथी हरु बिचमा फोन न र फेसबुक को आदान-प्रदान हुन्थ्यो । फेसबुक नभई केहि नहुने जस्तो बाताबरण देखेपछि मैले पनि साथीको सहयोग मा फेसबुक आइडी बनाए । साथीकै सहयोग मा चलाउन पनि क्रमसः सिक्दै गए । चिनजान बढ्नु संगै फेसबुक का साथी नि बढ्नु कुनै नौलो कुरा भएन । सुरुवाती क्रम को फेस्बुके यात्रामा सबैलाई जस्तै मलाई नि धेरै साथी बनाउन मन लाग्दथ्यो । त्यसै क्रममा एक दिन सन्ध्या नाम गरेको एकाउन्ट बाट फ्रेन्ड रिकोएस्ट आयो ,सहर्ष एसेप्ट गरियो । एकछिनमै उतै बाट मेसेज आयो हेलो संजय । मैले केहि समय अगाडी तनहू महोत्सबमा रोटेपिंग खेल्दा को जस्तै अनुभव गरे थोरै डराएको र थोरै रमाएको । केटि भनेपछि चार कदम पछाडी हट्ने म जस्तो ग्वाकलाई हेलो संजय ले सानोतिनो भूकम्प नै ल्याइदियो । बल्लबल्ल टाइप गरे हाई सन्ध्या । त्यति भनेपछि उसको प्रोफाइल नि हेरियो नाम सन्ध्या रेग्मी , ब्याचलर इन बिजनेस मेनेजमेन्ट पृथ्वीनारायण क्याम्पस , होमटाउन पोखरा । अनि सबै फोटो हेर्ने र लगातार कुराकानी धेरै दिन सम्म चल्यो ।हरेक दिनजसो हाई बाट सुरु हुने कुरा गुड नाईट , ह्याब सुईट ड्रीम्स मा सकिन थाल्यो । एक दिन उसलाई क्याम्पसमै भेटे , हाउ आर यू गुड- ह्वाट एबाउट यु अंग्रेजी प्रश्न को अंग्रेजी उत्तर नै फर्काए । भेटघाट फोन सम्पर्क झन् झन् बाक्लिदै थियो । हामी दिनहु जसो खाजा खाने समय भेट्न थालियो ।हाम्रो भेटघाट ,मित्रता क्याम्पसमा हल्ला को बेजोड मसला थियो । दिन ढल्दै,पात्रो पल्टिदै जादा न्यू इअर पनि हामी माझ आइपुग्यो ,त्यसदिन पनि हामी पोखराको लेकसाइडमा संगै घुमियो । अब हाम्रो मित्रता मा मैले प्रेम पनि देख्न थालिसकेको थिए । फरबरी महिना पनि आइसकेको थियो , साथीहरु फरबरी महिना प्रेम को महिना हो अब तैले प्रपोज गर भनेर दबाब दिदै थिए ,म केहि दिन उसले नकारी भने हाम्रो भएको सम्बन्ध पनि बिग्रिन्छ भनेर डराए तर धेरै रात सोचेपाछि सबै कुरा भन्ने निर्णयमा पुगेको थिए । फरबरी -५ , बिहान ६ नबज्दै उठेर क्याम्पस जाने तयारी गर्दै थिए ,सन्ध्या लाई नभेटेको केहि दिन भएको थियो , घरमा समस्या छ -कल कुराकानी पोखरा फर्केपछि गरौला ,मा पोखरामा हुन्न भनेकी थि । आफ्नै धुनमा मस्त मलाई आलोक ( सन्ध्याको घर नजिकै को मेरो समकक्षि ) को फोनले झस्कायो , फोन मा उसले सिधै बधाई दिदै भन्यो - बधाई छ हिरो , सन्ध्या लाई प्रेगनेंट बनाएको मा ,सुरुमा उसका कुरा विश्वास लागेन तर जब फोन राखे जताततै अन्धकार देखे ,सन्ध्यालाई फोन गरे फोन अफ रैछ ।दाईलाई साथीको फोन अको थियो आज जाडोले गर्दा पढाई नहुने रे भन्दिए , दाई गनगन गर्दै हुनुहुन्यो । मलाई जाडो अनुभव त कता हो कता बेसरी गर्मि भएर पसिना आइरहेको थियो । के गर्ने कसो गर्ने केहि सोच्ने सकिन ,म आफु संलग्न नभएको कुराको जस वा अपजस लिन जबर्जस्त बाध्य जस्तो भएको थिए । कता बाट दिमागमा राम्रै कुरा आयो ,सन्ध्याको बहिनि को फोन । म संग थियो ,एकपटक उसको फोन बिग्रिदा त्यसैबाट हाम्रो कुरा हुन्थ्यो । फोन गरे अन्तिम रिंग तिर फोन बल्लबल्ल उठ्यो , के गर्नुभाको कस्तो दिमाग नभाको तपाईहरुको -ह्य तपाइले दिदीलाई हामीलाई बर्बाद पर्नुभयो एकैचोटी बहिनि सुदिक्षा कराई । मलाई झन् रिसमाथि रिस थपियो ,टाउको झन् भरि भयो ।यू डिड रंग जब बहिनि चुप हुने अवस्थामा थिईन ,धेरै कराउन मन लागेन मिल्छ भने सन्ध्या लाई फोन देउ नत्र नचाहिदो कुरा नगर एक पटक उसै संग सबै कुरा सोध भनेर फोन काटिदिए ।त्यो दिन मलाई रात भन्दा बेसि अन्धकार लग्यो ,दिनभरी रुने बाहेक केहि गर्नै सकिन । कुराहरु दिमागमा पुनरावलोकन हुदै थिए सुरुको फ्रेन्ड रीक्वेस्ट देखि बहिनि को कुरा सम्म ,मेरा तमाम सपना देखि कता कता सम्म ।यिनै कुरा बीच एउटा कुरामा दिमाग अडियो ,सन्ध्या ले करिब डेढ महिना पहिला म संग देखाएको परिवर्तन ।उ विदेश बाट को आउदै छ भन्थी तर को कहिले आउछ भन्दिन थि ,उसले झुट बोलेको जस्तो महसुस गरे पनि मैले संखा गर्ने र चियो गर्ने त्यति गरिन त्यतिबेला ,तर मलाई आज त्यही केहि ठिक लागेन । राति एक बजिसकेको रहेछ ,मोबाइलमा कल आयो सुदिक्षा कलिंग ,सरि दा ,मैले दिदि संग सबै भुझे ,हजुरको केहि गल्ति थिएन रैछ । मैले हजुर बाट एस्तो हुन्छ जस्तो लागेको पनि थिएन ,तर बिहान केहि थाहा नहुदा कराए ,सरि । दिदिले गल्ति गरि हजुर लाई धोका दिएर ,हामीलाई धोका दिएर आइ हेट हर , उसको कुरा बाट बिगार्ने त्यही बिदेश बाट आएको रहेछ ,उ संग सन्ध्याको पहिले देखि त्यस्तै सम्बन्ध थियो रे भन्ने भुझे सुदिक्षाले मेरो कुरा प्रतिक्रिया उसले सुन्नै चाहिन फोन काटियो उतैबाट । त्यसपछि मैले गरेको काल उठेन ,मलाई सन्ध्या संग सबै कुरा बुझ्नु थियो ।
बिहान ४ बजिसकेछ, बाहिर चराहरु उठिसके ,मान्छेहरु मन्दिर पुगेर घण्टा बजाउन थालिसके । आफ्नो कुरा समयमा व्यक्त गर्न नसकेको मा म आफुलाई मुर्ख घोषित गर्दै थिए । विदेशबाट आएको नदेखेको मान्छे , सन्ध्या र म आफै मेरो मन भित्र डेरा जमाउदै थिए । मोबाइलमा हेमन्त राना को सिक्काको दुई पाटो झैँ हामी साथ भए पनि मिलन हुन नसक्ने बज्दै थियो अनि मेरो मन भन्दै थियो उफ् सि इज प्रेगनेंट । । । । ।
#अस्तु
No comments:
Post a Comment